arrow

रुसलाई हराउनु पर्छ चकनाचुर पार्नु हुँदैन: म्याक्रोन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ७ आइतबार
macron-france.jpg

काठमाडौं। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनमा हारेर रुसलाई चकनाचुर भएको हेर्न नचाहेको बताएका छन्। फ्रान्सेली सञ्चारमाध्यमसँग कुरा गर्दै म्याक्रोनले पश्चिमी राष्ट्रहरूलाई किभका लागि सैन्य सहयोग बढाउन आग्रह गरेका छन् र आफू लामो युद्धका लागि तयार रहेको बताएका छन्।

'म रुसलाई युक्रेनमा पराजित भएको चाहन्छु र म युक्रेनले आफ्नो स्थितिको रक्षा गर्न सक्षम भएको चाहन्छु,' उनले भनेका छन्।

तर रुसलाई 'कुचल्न' म्याक्रोनले युद्ध विस्तार गर्न चाहेको भन्नेहरुविरुद्ध भने उनले प्रहार गरेका छन्। किभलाई हतियार आपूर्ति बढाउन र मास्कोमाथि कडा प्रतिबन्ध लगाउन प्रतिवद्ध विश्व नेताहरू भेला भएको म्युनिख सुरक्षा सम्मेलनका बेला यस्तो टिप्पणी आएको हो।

'मलाई लाग्दैन कि केही मानिसहरूले जस्तै हामीले रुसलाई पूर्ण रूपमा पराजित गर्ने लक्ष्य राख्नुपर्छ र रुसलाई आफ्नै माटोमा आक्रमण गर्नुपर्दछ,' म्याक्रोनले पेपर ले जर्नल डु दिमान्चेलाई भनेका छन्।

'ती पर्यवेक्षकहरू सबैभन्दा माथि रूसलाई कुचल्न चाहन्छन्। यो फ्रान्सको स्थिति कहिल्यै थिएन र यो हाम्रो स्थिति कहिल्यै हुनेछैन,' शुक्रबार म्युनिखमा भएको सम्मेलनलाई सम्बोधन गर्दै म्याक्रोनले अहिले मास्कोसँग वार्ता गर्ने समय नभएको भने जिकिर गरेका छन्।

उनले पश्चिमा हतियार प्राप्त युक्रेनी सैनाको लडाँई नै रूसलाई वार्ताको टेबुलमा फिर्ता ल्याउने र दिगो शान्ति निर्माण गर्ने प्रयास हुने बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ