arrow

अफ्रिकन युनियनको शिखर सम्मेलनबाट इजरेली कूटनीतिज्ञलाई बाहिर निकालिएपछि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ७ आइतबार
african-summit-au-africa-israel.jpg

काठमाडौं। इथियोपियामा भएको अफ्रिकन युनियन (एयू) को वार्षिक शिखर सम्मेलनबाट इजरेलको मान्यतालाई लिएर विवाद बढ्दै गएपछि इजरेलका एक वरिष्ठ कूटनीतिज्ञलाई बाहिर निकालिएको छ।

सामाजिक सञ्जालमा पोष्ट गरिएको एक भिडियोमा शनिबार अदिस अबाबामा भएको शिखर सम्मेलनको उद्घाटन समारोहमा सुरक्षाकर्मीहरूले राजदूत शेरोन बार लीलाई सभाबाट बाहिर निकालेको देखिएको छ।

अफ्रिकी संघ अथवा अफ्रिकन युनियनका अध्यक्षका प्रवक्ता एब्बा कालोन्डोले ती कुटनीतिज्ञ इथियोपियाका लागि इजरेली राजदूत नभएका कारण उनलाई हटाइएको बताएका छन्।

एयूका एक अधिकारीले त्यसपछि एएफपी समाचार एजेन्सीसँग बोल्दै सभाहल 'छोड्न भनिएको' कूटनीतिज्ञलाई बैठकमा आमन्त्रित नगरिएको बताएका छन्। निमन्त्रणा अफ्रिकी संघका लागि इजरेलका राजदूत अलेली एडमासुलाई मात्र गरिएको उनले बताएका छन्।

'यो खेदजनक छ कि प्रश्नमा रहेको व्यक्तिले यस्तो शिष्टाचारको दुरुपयोग गरेको छ,' अधिकारीले भनेका छन्।

यस कदमको इजरेलले तुरुन्तै निन्दा गरेको थियो। 'इजरेलले अफ्रिकाका लागि उपनिर्देशक राजदूत शेरोन बार लीलाई प्रवेश गर्ने ब्याज एवं मान्यता प्राप्त पर्यवेक्षकको रूपमा रहेका बाबजुद अफ्रिकी युनियन हलबाट हटाइएको घटनालाई कठोर रूपमा हेरेको छ,' इजरेलको विदेश मन्त्रालयले भनेको छ।

इजरेलले घटनाको दोष ५५ देश सदस्य रहेको यस ब्लकका दुई प्रमुख राष्ट्र दक्षिण अफ्रिका र अल्जेरियालाई लगाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ