arrow

प्रधानसेनापतिसँग भारतीय सेनाका पूर्वप्रमुखको भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ८ सोमबार
nepal-army-new.jpg.jpeg

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मासँग भारतीय सेनाका पूर्वप्रमुखहरूले भेटघाट र छलफल गरेका छन् । नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिने सिलसिलामा नेपाल भ्रमणमा रहेका उनीहरूले सैनिक मुख्यालय जङ्गी अड्डामा  दुईपक्षीय सम्बन्ध र आपसी हितका विषयमा केन्द्रित रही भेटघाट र छलफल गरेका हुन् ।

भारतीय सेनाका पूर्वप्रमुख विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर र दलवीरसिंह सुहाग नेपाल भ्रमणमा छन् ।
 
सेना दिवसका अवसरमा नेपाली सेनाले आइतबारै जङ्गी अड्डामा आयोजना गरेको विविध सांस्कृतिक कार्यक्रममा समेत उनीहरू सहभागी भए ।
 
यसअघि उनीहरूले आइतबारै मुस्ताङको जोमसोम इलाकाको भ्रमण र मुक्तिनाथ मन्दिरको दर्शन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
 
सैनिक मञ्च टुँडिखेलमा शनिबार आयोजना भएको सेना दिवस मुख्य समारोहमा उनीहरूले अथितिका रूपमा भाग लिएका थिए।  

नेपाल र भारतबीच एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने अनुपम परम्परा छ । नेपाली सेनाले यस वर्ष २६०औँ स्थापना दिवस मनाएको छ  ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ