arrow

रहेनन् पूर्व स्वास्थ्यमन्त्री श्रेष्ठ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ८ सोमबार
mathuram-shrestha.jpg

काठमाडौं ।  पूर्वस्वास्थ्यमन्त्री प्रा डा मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा  निधन भएको छ ।

लामो समयदेखि दम  र छाती रोगका सङ्क्रमणको उपचारमा रहेका मानवअधिकार क्षेत्रका अगुवा श्रेष्ठको आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको  उनका छोरा डा जया श्रेष्ठले जानकारी दिए ।
 
वामपन्थी बुद्धिजीवी श्रेष्ठ चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाएका थिए ।
 
विसं २०४६ मा प्रजातन्त्रको पुनर्बाहाली भएपछि बनेको सरकारमा उनी नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री थिए ।

उनका छ छोरा र एक छोरी छन् । उनको मङ्गलबार पशुपति आर्यघाटमा दाह संस्कार गरिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ