arrow

स्थिर भयो सुनचाँदीको मूल्य

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ८ सोमबार
gold-silver-final.jpg

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको कारोबार स्थिर रहेको छ । आइतबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । 

आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो । सोमबार तेजाबी सुनको मूल्य १ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो पनि सोही मूल्यमा खरिद बिक्री भएको थियो ।

यस्तै सोमबार चाँदीको पनि स्थिर रहेको छ । आइतबार तोलामा १५ रुपैयाँले बढेको चाँदीको भाउ सोमबारको कारोबार भने स्थिर रहेको छ । सोमबार चाँदीको मूल्य १२ सय ९० रुपैयाँ पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ