arrow

नबिल बैङ्क र महिला उद्यमी महासङ्घबिच महिला उद्यमीको वित्तीय पहुँच विस्तारको लागि साझेदारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ८ सोमबार
women-federation-nabil-mou.jpg

काठमाडौँ। महिला उद्यमीहरूलाई प्रोत्साहन तथा सशक्तीकरण गर्ने र स्वदेशी उत्पादनलाई बढवा दिने उद्देश्य सहित महिला उद्यमीको वित्तीय पहुँच विस्तारको लागि नबिल बैङ्क र महिला उद्यमी महासङ्घ (एफविन) बीच साझेदारी गरिएको छ। साझेदारी  पत्रमा  बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गाना तथा एफविनका तर्फबाट अध्यक्ष निरु रायमाझी खत्रीले हस्ताक्षर गरेका थिए।

यो समझदारी अन्तर्गत नबिल बैङ्कले आफ्नो बैङ्कको शाखा कार्यालयहरूमा महिला उद्यमीका उत्पादनको लागि स्टल उपलब्ध गराउने भएको छ। एफविन अन्तर्गतका महिला उद्यमीलाई नबिल बैङ्कको नबिल सामाजिक उद्यमशीलता (एनएसएसई) कार्यक्रम सम्बन्धी जानकारी तथा तालिममा सहभागी गराउने साझेदारीमा उल्लेख छ।

समझदारीअनुसार पहिलो चरणमा एफविनले हरेक महिना एक पटक नबिल बैङ्कको केन्द्रीय कार्यालयमा स्टलहरू लगाउने छ। यो स्टलहरूमा नेपाली उद्यमीद्वारा उत्पादित  उत्पादनहरू रहनेछन्। यस प्रकारको नेपाली उत्पादनहरूले नबिलका कर्मचारी र यसका ग्राहकहरूको नेपाली उत्पादनहरूप्रति सकारात्मक व्यवहार परिवर्तन गर्न मद्दत गर्ने अपेक्षा राखिएको छ। वित्तीय पहुँच, उद्यमशीलता र वित्तीय साक्षरता तालिमले महिला सशक्तीकरणलाई बढवा दिने विश्वास राखिएको छ। यस साझेदारी अन्तर्गत दिगो विकासका १, ५, ८ र १७ नम्बरका लक्ष्यहरू समेटिने छन्।

नेपाल सरकारले अवलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैङ्कले २०७८ असार १५ गते धान दिवसको दिन दिगो बैङ्किङको सुरुवात गरेको हो। सुरुमा १७ वटा शाखाबाट सुरु गरेको दिगो बैङ्किङ सेवा बैङ्कले हाल १०० शाखामा विस्तार गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ