arrow

नयाँ स्वरुपमा आउँदै ‘मुन्द्रेको कमेडी क्लब’ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ९ मंगलबार
mundreko-comedy-club.jpg

काठमाडौं । हास्य कलाकार जितु नेपाल नयाँ स्वरुपमा ‘मुन्द्रेको कमेडी क्लब’ मा देखिने भएका छन् । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कलाकार नेपालले आफ्नो नयाँ कार्यक्रमका बारेमा जानकारी दिँदै हास्य विधामा केही नयाँ काम गर्न खोजेको जानकारी दिए ।

यसअघि नेपाल टेलिभिजनमा प्रसारण हुँदै आएको सो कार्यक्रम अब भने कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ । कि इन्टरटेन्मेन्ट तथा एडी रिलिजको सहकार्यमा आगामी चैत २ गतेदेखि सो कार्यक्रम प्रसारण हुनेछ । 

हरेक दिन बिहीबार राति ९ बजे प्रसारण हुने सो कार्यक्रमको प्रमुख भूमिकामा कलाकार नेपाल र नायिका प्रियंका कार्की रहने छन् । 

यसैगरी दमन रुपाखेती, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना, एलि बाँस्कोटाका साथै अन्य कलाकार पनि विभिन्न भूमिकामा देखिने छन् । 

कार्यक्रमको निर्देशन भने दिनेश डीसीले गर्नेछन् । नयाँ स्वरुपमा कमेडी क्लबमा जोडिन पाउँदा आफूलाई खुशी लागेको भन्दै नायिका कार्कीले पत्रकार सम्मेलनमा प्रसन्नता व्यक्त गरिन् । 

उनले स्वच्छ हास्य व्यङ्ग्यमार्फत आम जनमानसलाई सुसूचित हुने अवसर प्रदान गर्न लागिएको बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ