arrow

नबिल बैंक र एफवीनबीच सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ९ मंगलबार
nabil-fwin.jpeg

काठमाडौं । नबिल बैंक र महिला उद्यमी महासंघ (एफवीन) बीच हौसला जगाउने सम्झौता भएको छ । सम्झौताअनुसार नबिल बैंकले आफ्नो बैंकको शाखा कार्यालयहरुमा महिला उद्यमीका उत्पादनको लागि स्टल उपलब्ध गराउने भएको छ ।

पहिलो चरणमा एफवीनले हरेक महिना एकपटक नबिल बैंकको केन्द्रीय कार्यालयमा स्टलहरु लगाउने छ । यो स्टलमा नेपाली उद्यमीद्वारा उत्पादित उत्पादनहरू रहने छन् ।

यस प्रकारको नेपाली उत्पादनहरूले नबिलका कर्मचारी र यसका ग्राहकहरूको नेपाली उत्पादनहरूप्रति सकारात्मक व्यवहार परिवर्तन गर्न मद्दत गर्ने अपेक्षा राखिएको बैंकले जनाएको छ ।

वित्तीय पहुँच, उद्यमशीलता र वित्तीय साक्षरता तालिमले महिला सशक्तीकरणलाई बढावा दिने विश्वास लिएको बैंकले जनाएको छ । 

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा एफवीनका तर्फबाट अध्यक्ष निरु रायमाझी खत्रीले हस्ताक्षर गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ