काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनिफिङ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शिखर वार्ताका लागि मास्को जाने तयारी गरिरहेको वाल स्ट्रिट जर्नलले जनाएको छ।
यो प्लानसँग जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै वाल स्ट्रिट जर्नलले मंगलबार सी-पुटिन शिखर सम्मेलन एक वर्ष लामो युद्ध अन्त्य गर्न थप सक्रिय भूमिका खेल्ने चिनियाँ प्रयास र बहुदलीय शान्तिको लागि धक्काको एक हिस्सा हुने उल्लेख गरेको छ।
चीनले पनि युद्धमा आणविक हतियारको प्रयोग गर्न नहुने आह्वान दोहोर्याउन शिखर सम्मेलनको प्रयोग गर्ने वाल स्ट्रीट जर्नलको प्रतिवेदनमा उल्लेख छ।
भ्रमणको तयारी प्रारम्भिक चरणमा रहेको र समय तय नभइसकेको जर्नलले जनाएको छ। सीको भ्रमण अप्रिल वा मेको शुरुमा रूसले नाजी जर्मनीमाथि दोस्रो विश्वयुद्धको विजय मनाउने बेलामा हुनसक्ने बताइएको छ।
चीनका शीर्ष कूटनीतिज्ञ एवं विदेशमन्त्री वाङ यी अहिले मास्को भ्रमणमा छन् । बुधबार उनले रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेट्ने अपेक्षा गरिएको छ।
युरोपको भ्रमणमा वाङले युक्रेनमा गत वर्ष फेब्रुअरी २४ मा रुसी सेनाले आक्रमण गर्दा सुरु भएको युद्ध अन्त्य गर्न वार्ताबाट समाधानको लागि आह्वान गरेका छन्।