- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । रेशमलाल चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीको निलम्बन फुकुवा भएको छ ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले गृह मन्त्रालयबाट प्राप्त पत्र पढेर सुनाएसँगै सांसद चौधरीको निलम्बन फुकुवा भएको हो ।
निलम्बन फुकुवा भएसँगै सांसद चौधरी अब निर्वाध रुपमा प्रतिनिधि सभाको बैठकमा सहभागी हुन पाउने छन् ।
झन्डै ५ बर्ष अघि टयाक्टर जलाएको आरोपमा कैद सजाय सुनाइएका चौधरी गत १९ माघमा पक्राउ परेका थिए ।
तर फैसला कार्यान्वयनका लागि जेल परेका चौधरीलाई गत साता पुष्पकमल दाहाल प्रचण्डको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आममाफी पाएपछि ७ फागुनमा रिहा भएका थिए ।