arrow

युरोपमा शरणका लागि दश लाखको आवेदन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १० बुधबार
Europe.svg.png

ब्रसेल्स । कोरोना महामारीका कारण जारी गरिएको यात्रा प्रतिबन्ध हटाइएपछि युरोपेली मुलुकमा शरण खोज्नेहरूको सङ्ख्या अनपेक्षित रूपमा बढेको छ । 

यात्रा प्रतिबन्ध हटाएपछि युरोपेली सङ्घमा दश लाख जनाले शरणका लागि आवेदन गरेका छन् । यो विगत सात वर्ष यताकै उच्च हो ।
 
शरणार्थीसम्बन्धी युरोपेली सङ्घको कार्यालयले सन् २०१६ पछि शरणका निम्ति आवेदन गर्नेको सङ्ख्या ५० प्रतिशतले बढेको छ ।

उक्त कार्यालयको प्रारम्भिक तथ्याङ्कअनुसार गत वर्षको अन्त्यमा कोभिड-१९ स्वास्थ्य सुरक्षा मापदण्ड हटाइएपछि नर्वे र स्वीट्जरल्याण्डबाहेक सङ्घमा आवद्ध देशमा दश लाख आप्रवासीले शरणार्थीको दर्जा प्राप्त गर्न आवेदन दर्ता गरेका छन् । 

शरणका लागि सबैभन्दा धेरै सिरियाली र अफगानीले आवेदन गरेका छन् । टर्किए, भेनेजुएला, कोलम्बिया, पाकिस्तान, बङ्गलादेश र जर्जियाका आप्रवासीको आवेदन पनि अधिक परेको छ । 

रुसी आक्रमणबाट भागेका युक्रेनीको सङ्ख्या तुलनात्मक रुपमा कम छ । युरोपेली सङ्घले उनीहरूलाई छुट्टै अस्थायी सुरक्षा व्यवस्था गरेकाले युक्रेनका थोरै नागरिकले  शरणका निम्ति निवेदन गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ