- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नबिल बैंकको संस्थापक शेयर बिक्रीमा आएको छ । बैंकले ३ लाख कित्ता शेयर बिक्री आह्वान गरेको हो। शेयर सिलबन्दी बोलकबोल गरी बिक्री हुँदैछ । उक्त सेयरका लागि जो कोही संस्थाले बोलकबोल पेस गर्न सक्नेछन् । बैंकका अनुसार उक्त शेयर खरिद गर्न चाहनेले फागुन २५ गतेभित्र आवेदन दिन सक्ने छन् ।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४७५ रुपैयाँ तोकिएको छ भने लगानीकर्ताले कम्तीमा एक हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ। आवेदन फाराम बैंकको बिक्री प्रबन्धक सनराइज क्यापिटलबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।