arrow

बदनियतपूर्वक काम गर्ने लघुवित्तलाई कारबाही गर्नुपर्छ – गगन थापा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १० बुधबार
gagan-thapa-parliament-2079-11-10.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले बदनियतपूर्वक काम गर्ने लघुवित्तहरुलाई कारबाही गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद थापाले लघुवित्तका कारण कयौंको आर्थिक अवस्था डमाडोल भएको प्रति सरकारले ध्यान दिनु पर्नेमा पनि जोड गरेका छन् ।

‘अति न्यून आय भएका गरिबलाई गरिबीको आहालबाट निकाल्नका लागि काम होला भनेको कयौं लघुवित्तका कारणले गर्दा गरिब उठनै नसक्ने गरिकन थला परेका छन्’ थापाले बैठकमा भने, ‘तत्काल गर्जो टार्न जहाँबाट जस्तो भए पनि ऋण लिने ग्राहक र अनुमति दिँदा हात फैलाउने र सुपरिवेक्षण गर्दा मुठ्ठी कस्ने राष्ट्र पनि यसको जिम्मेवार छन्, यही कारणले गर्दा लघुवित्तको संकट देखिएको हो।’ 

 उनले अगाडि भने, ‘मर्कामा परेकालाई राहत दिनुपर्छ। बदनियतसाथ काम गर्ने लघुवित्त संस्थालाई कारबाही गर्नुपर्छ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ