arrow

कोरियाले नेपालबाट श्रमिक नलाने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ११ बिहिबार
birth-rate-south-korea.jpg

काठमाडौं। दक्षिण कोरियाले नेपालबाट मौसमी श्रमिक लान प्रतिबन्ध लगाएको छ ।  मौसमी श्रमिकका रूपमा गएका नेपालीहरू अवैध रूपमा बसेपछि  कोरियाले नेपाली लिन प्रतिबन्ध लगाएको हो ।

नेपालबाट गत वर्ष मौसमी श्रमिकका रूपमा कोरिया गएका ८० प्रतिशतभन्दा धेरै श्रमिक सम्झौताअनुसार स्वदेश फर्किएका छैनन् ।

७० प्रतिशतभन्दा बढी मौसमी श्रमिक अवैध रूपमा बसेको खण्डमा सो देशबाट मौसमी श्रमिक ल्याउन तीन वर्ष प्रतिबन्ध लगाउने कोरियाको नीति रहेको छ  ।

दक्षिण कोरियाको अध्यागमन विभागका निर्देशक इसुङ्ह्युनले केही वर्ष नेपालबाट मौसमी श्रमिक ल्याउने विषयमा सम्झौता नगर्ने विषयमा त्यहाँ रहेको नेपाली दूतावासलाई जानकारी गराएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ