arrow

प्रहरी जवान मृत भेटिए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ११ बिहिबार
nepal-police12.jpg

काठमाडौं । एक प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला परेका छन्।

कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी जवान कवीन्द्र विक मृत भेटिएका हुन्। दार्चुला घर भएका विकको कन्चटमा गोली लागेको छ।

विकले आफैंलाई गोली हानेको हुन सक्ने बताइएको छ। मृत भेटिएका प्रहरी जवान विकको शव पोस्टमर्टमका लागि कर्णाली प्रदेश अस्पतालमा राखिएको छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ