arrow

आयुर्वेद क्याम्पसमा महिला सहपाठी कुट्ने विद्यार्थीलाई क्याम्पस प्रमुखकै संरक्षण, विरोध उत्कर्षमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ११ बिहिबार
aayurved-campus-hinsa.jpg

काठमाडौं । आयुर्वेद क्याम्पस कीर्तिपुरमा अखिल क्रान्तिकारी निकट एक छात्रले महिला सहपाठीलाई हात छोडेपछि स्थिति तनावपूर्ण बन्दै गएको छ। 

हालै मात्र सैद्धान्तिक परीक्षा पास गरी इन्टर्न्सिप शुरुआत गराउन क्याम्पस प्रमुखसँग माग लिएर विद्यार्थीहरू पुग्दा अखिल क्रान्तिकारीका सक्रिय सदस्य आदर्श नागवंशीले आफ्नै सहपाठी महिला छात्रामाथि हात उठाएका थिए । 

सोही क्रममा रोक्न जाँदा अन्य केही विद्यार्थीलाई पनि चोटपटक लागेको छ। क्याम्पस प्रमुख शिवमंगल प्रसादले नरदेवी आयुर्वेद चिकित्सालयमा हुँदै आइरहेको इन्टर्नशीप प्रशिक्षण हटाउन खोजेकामा विद्यार्थीहरू त्यस कदमको विरोध गर्दै आएका छन् । 

प्रहरी प्रशासनले यो घटनाको किटानी जाहेरी लिन नमानेको बुझिएको छ। महिला हिंसा जस्तो विषयप्रति क्याम्पस प्रशासन र प्रहरी प्रशासन अशंवेदनशील भएको भन्दै विद्यार्थीहरू आन्दोलनरत बन्दै गएका छन् । 

यो घटनामा क्याम्पस प्रमुखले पक्षपातपूर्ण व्यवहार गरेको विद्यार्थीहरूले आरोपसमेत लगाएका छन् । एक विद्यार्थी भन्छिन्, ‘क्याम्पस प्रमुखले आफू निकट विद्यार्थी भएकाले अपराधीलाई सुरक्षा दिइरहनुभएको छ। उहाँ स्वयंले माओवादीको कोटाबाट नियुक्ति पाउनुभएको हो।’

घटना लगत्तै एमनेस्टी इन्टरनेशनल आयुर्वेद नेटवर्कले विज्ञप्ति जारी गर्दै पीडितको सुरक्षाको माग गरेको छ। 

विभिन्न अध्ययनहरूले देखाए अनुसार हरेक पाँच महिलामध्ये कम्तीमा दुई जना कुनै न कुनै प्रकारको हिंसाको मारमा परेका हुन्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ