arrow

आणविक शक्ति बढाउने पुटिनको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ११ बिहिबार
putin-kazakhstan-2022.jpeg

काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबारको 'डिफेन्डर अफ द फादरल्याण्ड' सार्वजनिक बिदा र युक्रेनमा आफ्नो आक्रमणको पहिलो वर्षगाँठको एक दिनअघिको सम्बोधन गर्दै रुसले आफ्नो आणविक शक्ति बढाउनमा थप ध्यान दिने बताएका छन्।

पुटिनको टिप्पणी अमेरिकासँगको द्विपक्षीय आणविक हतियार नियन्त्रण सन्धिको निलम्बनपछि आएको हो। 'पहिले जस्तै हामी आणविकत्रयलाई बलियो बनाउन थप ध्यान दिनेछौं,' पुटिनले जल, स्थल र वायु आणविक क्षेप्यास्त्रहरूको सन्दर्भमा बोल्दै भनेका छन्।

पुटिनले एकै पटक धेरै आणविक हतियार बोक्न सक्ने सरमत अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल यसै वर्ष तैनाथ गरिने बताएका छन्।

'हामी हावामा आधारित हाइपरसोनिक किन्जल प्रणालीको ठूलो उत्पादन जारी राख्नेछौं र समुद्रमा आधारित जिरकोन हाइपरसोनिक मिसाइलहरूको ठूलो आपूर्ति सुरु गर्नेछौं,' पुटिनले बिहीबार बिहान क्रेमलिनले जारी गरेको टिप्पणीमा भनेका छन्।

रुसले शुक्रबार दक्षिण अफ्रिकामा चीनसँग सैन्य अभ्यास शुरु गर्ने भएको छ र हाइपरसोनिक मिसाइलले सुसज्जित फ्रिगेट त्यहाँ पठाएको छ।

युक्रेन आक्रमणको वार्षिकोत्सव फेब्रुअरी २४ को पूर्वसन्ध्यामा पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनले महाशक्तिहरू बीचको विश्वव्यापी तनावलाई हाइलाइट गर्दै मौखिक द्धन्द्धात्मक टिप्पणी गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ