arrow

सरकारले लिग–२ क्रिकेट विजेता खेलाडीलाई जनही दुई लाख दिने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ११ बिहिबार
prachanda-nepal-cricket-2079-11-11.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै काठमाडौंमा सम्पन्न आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक श्रृंखलाको विजेता नेपाली टिमका खेलाडीहरुलाई पुरस्कार दिने घोषणा गरेका छन् ।

उनले आज दिउँसो विजेता खेलाडीहरुलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएर बधाई दिँदै जनही दुई लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । 

उनले इतिहास रचेकोमा खेलाडीहरुलाई बधाई दिँदै इतिहास रच्ने खेलाडीहरुलाई पुरस्कार दिनु सरकारको दायित्व भएकोसमेत बताए । नेपाली टिमले स्कटल्याण्ड र नामिबिया सम्मिलित प्रतियोगिताका सबै चार खेल जितेर पहिलो पटक क्लिन स्विप गरेको हो । 

खेलाडीहरुले पनि प्रधानमन्त्री प्रचण्डको स्वागत तथा विचारप्रति खुशी व्यक्त गर्दै वास्तविक अभिभावक पाएकोसमेत उल्लेख गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ