arrow

माधवलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ११ बिहिबार
madhav-kumar-nepal-cpn-us.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउने निर्णय गरेका छन् । 

सिंहदरबारमा बसेको तीन दलको बैठकले माधव नेपाललाई राष्ट्रिय सहमतिको साझा उम्मेदवार बनाउने निर्णय गरेको स्रोतले बताएको छ । यद्यपि नेताहरुले भने शुक्रबार नेपाली कांग्रेससँग अन्तिम छलफल गरेपछि मात्र अन्तिम टुङ्गो लगाउने प्रतिक्रिया दिएका छन् । 

तर बैठकमा भने माधव नेपालको नाममा सहमति भइसकेको स्रोतको दाबी छ । नेकपा एमालेले माधवलाई नै राष्ट्रपति बनाउने गरी मतभार प्याकअप गरेपछि आफूहरुले वाध्य भएर यो निर्णय गर्नुपरेको नेकपा एसका एक नेताले बताए । 

यो निर्णयमा बुधबार राति प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाली कांग्रेसका नेताहरु तथा नेकपा एसका अध्यक्ष नेपालले गरेको कुराकानीको निचोडसँग मेल खाँदैन । 

त्यसैले पनि आज कांग्रेसलाई औपचारिक रुपमा उम्मेदवार घोषणा नगर्न प्रचण्डले सुझाएका थिए । 

उनले शनिबारसम्म राष्ट्रिय सहमतिसहितको उम्मेदवार पाउने जिकिरसमेत गरेका छन् । 

केपी ओलीले गत आइतबार नै माधव नेपालसँग गोप्य वार्ता गरेर माधवलाई राष्ट्रपतिको उम्मेदवार बनाउने बताएका थिए । त्यसयता माधवको भाउ एकाएक बढेको छ र उनले माओवादी र कांग्रेससँग बार्गेनिङ पावर बढाएका छन् । 

जबकि बुधबार रातिको कांग्रेस, माओवादी केन्द्र र नेकपा एसको बैठकमा राष्ट्रपति कांग्रेसलाई दिने, प्रधानमन्त्रीमा एक वर्षको अवधि माधव नेपाललाई दिने सहमति नजिक नेताहरु पुगेका थिए । 

तर बिहीबार साँझ भने एकाएक अर्को निर्णय गराएर नेताहरु छुट्टिएका छन् । शुक्रबार कांग्रेससँग निर्णायक वार्ता गर्ने निर्णयसमेत गरेका छन् । 

यही बैठकले उपराष्ट्रपतिमा जसपालाई भाग लगाउने निर्णयसमेत भएको छ । 

यता, कांग्रेस भने आफ्नो भागमा राष्ट्रपति पर्ने भनिएसँगै उम्मेदवारमा सहमति नजिक पुगेकोसमेत बताउँदै आएको छ । 

कांग्रेसका एक नेताले भने, ‘केही संसय छ । त्यसलाई हामीले भोलि टुंगो लगाउँछौं ।’

शुक्रबार नयाँ गठबन्धन कि पुरानैलाई निरन्तरता ? 
राष्ट्रपतिको निर्वाचनका क्रममा नयाँ राजनीतिक समीकरण बन्ने दाबी गरिएको छ । यो समीकरणले गठबन्धन नयाँ बन्छ कि पुरानैले निरन्तरता पाउँछ भन्ने अझै यकिन भइसकेको छैन । 

तर राष्ट्रपतिको निर्वाचनपछि नेपाली राजनीतिमा एकपटक फेरि उतारचढाव आउने दाबी भने गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ