arrow

ज्यूँदै ओलीको नाममा प्रतिष्ठान खोलिएको भन्दै माधव नेपालको आपत्ति [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ९ आइतबार
madhav-nepal-oli.jpg

काठमाडौँ । ज्यूँदै एमाले अध्यक्ष केपी ओलीको नाममा प्रतिष्ठान खोलिएको भन्दै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आपत्ति जनाएका छन् । अध्यक्ष नेपालले बुर्जुवा पार्टीमा पनि ज्युँदो नेताको नाममा प्रतिष्ठान खोल्ने, खेलकुद प्रतियोगिता गर्ने चलन नभए पनि ओलीको व्यक्तिवादी चरित्रकै कारण त्यो सम्भव भएको बताए । 

नेपालले भने, ‘एउटा पार्टी छ, जसले आफ्नो नेताको नाममा प्रतिष्ठान खोलिदिएको छ । आफ्नै नेताको नाममा खेलकुद प्रतियोगिता गरिदिएको छ । ज्युँदै फेरि । पुष्पलालको नाममा भएको भए राम्रै हुन्थ्यो । मनमोहनजीको नाममा भएको भए गज्जबको राम्रो हुन्थ्यो । मदन भण्डारीको नाममा भएको भए क्यावातको कुरा हुन्थ्यो ।'

अध्यक्ष नेपालले २० वर्ष अझै पार्टीको नेतृत्व गर्छु भने पनि ओलीलाई चुनौती दिनेहरू जन्मिएको दाबी गरे । उनले समाजमा सम्बन्धहरू व्यवहार गर्न नजानेर बिग्रने बताए । उनले मिठो र राम्रो बोल्नुपर्ने बताए । उनले भने,' यो हेक्का होस् । समाजमा सम्बन्धहरू किन बिग्रन्छ ? किनभने व्यवहार गर्न नजानेर । अहङ्कार बोकेर । अरूको मानमर्दन गरेर । अनि अरूलाई दास सरह व्यवहार गरेर । यसरी सम्बन्धहरू बिग्रने गर्दछन् । त्यसो हुनाले म हाम्रो पार्टीको तर्फबाट यति मात्रै भन्न चाहन्छु–ज्ञान पनि दिन चाहन्न म । बुद्धि पनि दिन चाहन्न । ज्ञान र बुद्धिका पोका त अन्त्यै छन् होला । तर मिठो बोलौँ, राम्रो बोलौँ ।' 
 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ