arrow

राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउन नसके नेपाल विदेशीको क्रिडास्थल बन्छ : गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १२ शुक्रबार
dev-gurung-maoist.jpg

काठमाडौं ।  राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति जुटाउन नसके नेपाल विदेशीको क्रिडास्थल बन्ने माओवादी केन्द्रका महासचिव देव गुरुङले दाबी गरेका छन् । राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति जुटाउनुपर्नेमा उनको जोड छ ।

उनले भने, “प्रधानमन्त्रीमा राष्ट्रिय सहमति जुटाउन सक्ने दलहरूले राष्ट्रपतिमा पनि राष्ट्रिय सहमति जुटाउनुपर्छ, राष्ट्रपतिको सवालमा दलहरू ‘कोलिसन’मा जान हुँदैन, राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति जुटाउन नसके नेपाल विदेशीको क्रिडास्थल बन्दै दुर्घटनाको बाटोतर्फ जान्छ, त्यसैले सहमतिको प्रयास जारी छ ।”

महासचिव गुरुङले देशमा बढ्दो राजनीतिक अस्वस्थ प्रतिस्पर्धा र दलहरूको निषेधको राजनीतिले निरन्तरता पाए देश अफगानिस्तान र युक्रेन बन्ने भन्दै निषेधको राजनीति नभई सहमतिको राजनीतिलाई निरन्तरता दिनुपर्ने औँल्याए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ