arrow

राष्ट्रपति निर्वाचन

नयाँ समीकरण, नयाँ मतभार 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १३ शनिबार
8-party-vote-president-2079.jpg

काठमाडौं । नेकपा एमालेसँगको सहयोगमा सत्तारोहण गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससहितका दलसँग नयाँ गठबन्धन गरेपछि राष्ट्रपति निर्वाचनमा नयाँ मतभार देखिएको छ । 

अंक गणितका हिसाबले नयाँ गठबन्धनलाई भारी मतभार हुने देखिएको छ । संसदका आठ दलले राष्ट्रपति चुनावमा नयाँ गठबन्धन निर्माण गरेपछि यस्तो अवस्था देखिएको हो । 

उनीहरूले एमालेलाई बाहिरै राखेर नयाँ गठबन्धन गरेसँगै ३१ हजार मतभार देखिएको छ । राष्ट्रपतिमा चुनाव जित्नका लागि २६ हजार मतभार आवश्यक पर्छ ।

चुनाव अगाडिको पाँच दललाई फेरि ब्युताउँदै माओवादी–कांग्रेसले आफ्नो पुरानो गठबन्धनमा नागरिक उन्मुक्ति, जनमत र लोसपासहित तीन दललाई समेत समेटेर आठ दलको गठबन्धन निर्माण गरेपछि करिब पाँच हजार मतभार बढेको हो । 

यो गठबन्धनसँग राष्ट्रपति चुनावमा कूल ३१ हजार ५१६ मतभार छ । राष्ट्रपति चुनाव जित्न कूलमा २६ हजार ३९४ मत आवश्यक हुन्छ । राष्ट्रपति चुनावमा कूलमा ५२ हजार ७८६ मतभार छ । 

कांग्रेससँग १६२२१, माओवादीसँग ७७२८, जसपासँग २०९७, एकीकृत समाजवादीसँग २४७८, जनमतसँग १२४२, लोसपासँग ८२७, नागरिक उन्मुक्तिसँग ७६५, राजमोसँग १५८ मतभार राष्ट्रपति चुनावमा छ ।

यसबाहेक एमालेसँग १५२८९, रास्वपासँग १५८०, राप्रपासँग २२१०, नेमकिपासँग २२३, हाम्रो नेपालीसँग ९६ र स्वतन्त्रसँग १२८७ मतभार छ । 

यसले गर्दा नेपाली कांग्रेसले राष्ट्रपतिका लागि प्रस्ताव गरेको उम्मेदवार रामचन्द्र पौडेललाई जित निकाल्न सहज भएको छ ।

एमालेले सुवास नेम्वाङलाई उम्मेदवार बनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ