arrow

प्लेन्टिको शाखा नेपालमा  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १३ शनिबार
plenty-branch-nepal.jpg

काठमाडौं । जापानमा रोजगार सम्बन्धी सेवामा काम गर्दै आएको प्लेन्टिले नेपालमा शाखा स्थापना गरेको छ । जापानमा एक दशक भन्दा बढी समय बिताएका ज्ञानेन्द्र भट्टले प्लेन्टिको नेपाल शाखाको स्थापना गरेका हुन् । 

प्लेन्टिको नेपाली शाखाको शनिबार एक कार्यक्रमकाबीच प्लेन्टि कम्पनी अध्यक्ष एवंम प्रमुख कार्यकारी अधिकृत रयोता अवाले उद्घाटन गरेका छन् । शंखमुलमा स्थापना भएको प्लेन्टिले रोजगारको रुपमा जापान जाने कामदारलाई निःशुल्क रुपमा आवश्यक परामर्श उपलब्ध गराउनेछ ।

पछिल्लो समय रोजगारको शिलशिलाको जापान जाने नेपाल कामदारको संख्या बढ्दो क्रममा देखिएपछि आवश्यक परामर्शका लागि प्लेन्टि शाखाको स्थापना गरिएको नेपाल शाखा प्रमुख भट्टले बताए ।

‘करिब १ लाख २० हजार नेपाली जापानमा रहेका छन् । आवश्यक परामर्श नभएका कारणले रोजगारीको बाहानामा ठगी हुने गरेको पाईएको छ । प्लेन्टिमार्फत जापानमा रोजगारी सम्बन्धी आवश्यक परामर्श काठमाडौंमा निशुल्क उपलब्ध गराउनेछौं’ भट्टले भने । 

‘जापानमा दक्ष कामदारको अभाव छ । संसारभरबाट कामदारको रुपमा जापान जानेको संख्या बढ्दो छ । तर उचित परामर्शको अभावमा धेरै पैसा खर्च गरेर जापान पुग्ने नेपाली ठगिएका छन् । त्यसैका लागि परामर्श दिने उद्धेश्यले शाखाको स्थापना गरेका हौं’ एनआरएनए जापान ओकिनावाका संयोजकसमेत रहेका भट्टले भने ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ