arrow

ऋषि युक्रेनी सैनिकको सम्मानमा डाउनिङ स्ट्रिटमा उभिए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १४ आइतबार
rishi-sunak-pm-uk.jpg
तस्बिर – फाइल ।

लन्डन । बेलायती प्रधानमन्त्री ऋषि सुनक रुस विरुद्धको लडाइँमा युक्रेनीहरूको बलिदानीलाई सम्मान गर्न बिहान डाउनिङ स्ट्रिटमा सैन्य कर्मचारीहरूसँग सामेल भएका छन् । 

सो अवसरमा प्रधानमन्त्री सुनकसँगै बेलायतका लागि युक्रेनी राजदूत वाद्यम प्रिस्टाइकोले डाउनिङ स्ट्रिटमा युक्रेनी सशस्त्र बलका सदस्य र सरकारको इन्टरफ्लेक्स प्रशिक्षण कार्यक्रमलाई समर्थन गर्ने १० राष्ट्रका प्रतिनिधिसमेत सहभागी भएका छन् ।  

 ‘हाम्रो महादेशमा युद्ध शुरु भएको एक वर्ष पूरा भएको बेला म सबैलाई हाम्रा युक्रेनी साथीहरूको साहस र बहादुरीलाई प्रतिबिम्बित गर्न आग्रह गर्दछु,’ सुनकले डाउनिङ स्ट्रिटमा जम्मा हुनुअघि भने, ‘युक्रेनीहरूले २४ घण्टा वीरतापूर्वक आफ्नो देशको रक्षार्थ लडेका छन् । यस भयानक द्वन्द्वमा बेलायत युक्रेनको साथमा काँधमा काँध मिलाएर उभिएकामा मलाई गर्व छ।’ 

यसअघि प्रधानमन्त्री सुनकले शुक्रबारको जी–७ बैठकमा अन्तररार्ष्ट्रिय समुदायलाई युक्रेनलाई सहयोग गर्न आग्रह गरेका थिए । रूस र युक्रेनबीच युद्द शुरू भएको एक वर्ष नाघेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ