arrow

चीनले रुसी आक्रमणको निन्दा अस्वीकारेपछि जी-२० मा भएन सहमति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १४ आइतबार
g20-india-g-20.jpg

काठमाडौं । चीनले युक्रेनमा रुसी आक्रमणको निन्दा गर्न अस्वीकार गरेपछि विश्वका प्रमुख ठूला अर्थतन्त्रका अर्थमन्त्रीहरूको भारतमा भएको शिखर सम्मेलनको समापन वक्तव्यमा सहमत हुन सकेको छैन ।

जी-२० को शिखर सम्मेलनमा बेइजिङले रूसको आक्रामकतालाई 'कडा शब्दहरूमा' निन्दा गरेको वक्तव्य अस्वीकार गरेको हो । मास्कोले 'रूस विरोधी' पश्चिमी देशहरूले जी २० लाई 'अस्थिर' गरेको बताएको छ । यसअघि गत साता चीनले युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने एक योजना सार्वजनिक गरेको थियो, जुन योजनालाई रुस समर्थकका रुपमा हेरिएको थियो ।

दक्षिणी शहर बेंगलुरुमा यस हप्ताको जी-२० शिखर सम्मेलन वा वार्ताको आयोजना गर्ने भारतले बैठकको अध्यक्षका रुपमा सारांश सार्वजनिक गर्दै युक्रेनमा जारी युद्धको स्थिति र रुसमाथि लगाइएका प्रतिबन्धहरूको फरक मूल्याङ्कन भएको उल्लेख गरेको छ ।

युद्धको संक्षेपमा लेखिएका दुई अनुच्छेदमा रूस र चीन बाहेक सबै सदस्य राष्ट्रहरूले सहमति जनाएको उक्त नोटमा उल्लेख गरिएको छ।

ती अनुच्छेदहरूमा गत नोभेम्बरमा इन्डोनेसियाको अध्यक्षतामा बालीमा भएको जी-२० शिखर सम्मेलनमा लिडरहरुले गरेको घोषणा र  युक्रेनविरुद्ध रूसी संघको आक्रामकताको कडा शब्दमा आलोचना गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ