arrow

गोसाइँकुण्ड क्षेत्रमा हिमपात

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १५ सोमबार
RASUWA-gosaikunda.jpg

रसुवा । रसुवाको पवित्र तीर्थ गोसाइँकुण्ड क्षेत्रमा आइतबार हिमपात भएको छ । फाट्टफुट्ट वर्षासँगै परेको हल्ला हिमपातले लौरी विनायक, चन्दनबारी, यार्सा माथिको भञ्ज्याङ  हाकुमाथीको डाडालगायतका  क्षेत्रमा हिमपात भएको हो ।

प्रत्येक वर्ष मङ्सिरको अन्तिम सातादेखि नै सेतै हुने लौरी विनायक क्षेत्र यस वर्ष भने आइतबार मध्यानदेखि मात्र सेतै भएको छ । आइतबार परेको हिउँ अत्यन्तै पातलो भएका कारण चाँडै विलय हुने स्थानीय बासिन्दाले आँकलन गरेका हुन् ।

बेसीँ भागमा खासै पानी  नपरेको स्थानीय किसानले जनाएका छन् । समयमा पानी नपरेको कारण गहुँ तथा जौजस्ता हिउँदे बालीमा नकारात्मक असर परेको यार्साका रामकाजी तामाङले बताए ।
 
दक्षिणी भेकको बनुवा, पहिरेबेँसी, कुडुले जिबजिबेको फाँटजस्ता सीञ्चित क्षेत्रको जमिनमा रोपिएको आलु तथा तोरी किसानले भित्र्याउन थाली सकेको जीवजीवे क्षेत्रका समाजसेवी चीरञ्जीवी  पौडेलले जानकारी दिए ।

उत्तरी रसुवामा लगाइने वर्षे आलु भने रोप्ने कार्य धमाधम अगाडि बढेको छ । स्थानीय किसानका अनुसार लेकाली जमिनमा कृषि उपज तयार हुन लामो समय लाग्ने र जमिनमा चिसोपन नभए पनि छिट्टै वर्षा होला भन्ने अपेक्षाका साथ कृषि कार्य अगाडि बढाइएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ