- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। बसन्तपुरमा होलीको चीर उठाएसंगै यो वर्षको होली शुरु भएको छ । सोमबार बिहान ७:४५ मिनेटको शुभ साइतमा रङ्गिबिरङ्गी तीनतले चिर उठाइएको हो । काठमाडौंस्थित हनुमानढोकाको गद्दी बैठक अगाडि तीन तले चीर उठाइएसँगै देश भर होली पर्व शुरु भएको भन्ने मानिँदै आएको छ ।
धार्मिक ग्रन्थका अनुसार हिरण्यकश्यपुले भगवान् विष्णुका भक्त भएका कारण आफ्नै छोरा प्रल्हादलाई मार्न आफ्नी बहिनी होलिकाको काखमा राखी आगो लगाइदिएका थिए ।
तर आगोले विष्णुका भक्त मार्ने प्रयास गर्ने होलिका नै भष्म भइन् । आगोले प्रल्हादलाई छोएन । यसरी होलिकाको मृत्युको विजयोत्सवका रूपमा अबिर लगाएर होली खेल्ने गरिन्छ ।