arrow

रास्वपाले डाक्यो बैठक : राष्ट्रपतिमा समर्थन गर्ने दलको टुङ्गो लगाउने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १५ सोमबार
rsp-rastriya-swatantra-party-meeting-.jpg

काठमाडौं ।  फेरिएको राजनीति समीकरणसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक डाकेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारलाई समर्थन गरेको रास्वपाले पछिल्लो फेरिएको राजनीति समीकरण बारे छलफल गर्न बैठक डाकेको हो ।  

राष्ट्रपतिमा एमाले र कांग्रेसले उम्मेदवार उठाए पनि दुवै दललाई रास्वपाले समर्थन गरेको छैन । आज बिहान  ११ बजे पार्टी कार्यालय बसुन्धारामा बैठकले सो विषयमा पनि निर्णय गर्ने बताइएको छ ।

साथै वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा  हुने उपनिर्वाचन बारे पनि छलफल गर्नेछ । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गरेसँगै आठ दलीय गठबन्धन बनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ