रास्वपाको निर्णयः प्रचण्ड सरकारलाई समर्थन कायमै, राष्ट्रपतिको टुङ्गो लागेन
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १५ सोमबार
1k
Shares
तस्बिर – फाइल ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ । पार्टी कार्यालय वसुन्धारामा बसेको केन्द्रीय समितिको बैठकले सरकारको समर्थन कायम राख्ने निर्णय गरेको हो ।
रास्वपाले राष्ट्रपतिका बारेमा भने केही बोलेको छैन । सरकारलाई दिएको समर्थन कायमै राखे पनि सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गरिसक्दा रास्वपा मौन रहेको हो ।
सरकारमा सहभागी रहेका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने समर्थन फिर्ता लिएका छन् । अब सबैको ध्यान रास्वपामै अडिएको छ ।
यसअघि सरकारबाट बाहिरिँदासमेत रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राखेको थियो ।