arrow

दोस्रो सुबिधा रोक्यो प्रज्ञाले

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १५ सोमबार
pragya-pratisthan.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले दिँदै आएको दोहोरो सुबिधा कटौती गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ऐन विपरीत उक्त सुबिधा दिँदै आएको भन्दै कटौती गरेको हो ।

‘प्रज्ञा प्रतिष्ठानको जीवनको महत्वपूर्ण चासो र आलोचकका रुपमा रहेका आजीवन सदस्यहरुको दोहोरो सुबिधाको विषयमा निर्णय गर्नै पर्ने आवश्यक्तालाई ध्यान दिई दोहोरो सुबिधामा रहेका आजीवन सदस्यहरुलाई प्रज्ञा प्रतिष्ठानवाट दिइँदै आएको मासिक पारिश्रमिक नदिने निर्णय गरिएको छ’  प्रज्ञा प्रतिष्ठानले आज पत्रकार सम्मेलन गरी सो बारे जानकारी दिएको हो ।

प्रतिष्ठानका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठान ऐन २०६४ को दफा (८) बमोजिम दोहोरो पारिश्रमिक सुबिधा प्रदान गर्न नमिल्ने हुदाँ नेपाल सरकार, विश्वबिद्यालयहरु तथा अन्य निकायवाट निवृतिभरण लिइरहेका आजीवन सदस्यहरुलाई विस २०७९ फागुन महिनादेखि यस प्रतिष्ठानबाट आजीवन सदस्यको पारिश्रमिक सुबिधा उपलब्ध नगराउने निर्णय गरेको जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ