- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा बेलारुसका राष्ट्रपति अलेक्जेन्डर ग्रिगोरेभिच लुकासेन्कोले मङ्गलबारदेखि बिहीबारसम्म चीनको राजकीय भ्रमण गर्ने भएका छन् ।
सन् १९५४ अगस्ट ३० मा बेलारुसको भिटेब्स्क जन्मिएका लुकासेन्कोले कुलेशोभ मोगिलेभ स्टेट पेडागोजिकल इन्स्टिच्युट र बेलारूसी कृषि एकेडेमीबाट स्नातक गरेका छन् ।
उनी बेलारुस गणतन्त्रको सर्वोच्च परिषद्को उपसभापति र बेलारूसी संसद्को भ्रष्टाचार विरोधी समितिको अध्यक्ष थिए । सन् १९९४ जुलाईमा लुकासेन्को बेलारूसी इतिहासमा पहिलो राष्ट्रपति चुनिएका थिए । उनी सन् २००१, २००६, २०१०, २०१५ र २०२० मा राष्ट्रपति पदमा पुनःनिर्वाचित भएका हुन् ।