arrow

ग्यास सिलिन्डर पड्किँदा आगलागी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १६ मंगलबार
cylinder-explode.jpg

नुवाकोट । नुवाकोटस्थित बेलकोटगढी नगरपालिका– ८ पाँचखलमा ग्यासको सिलिण्डर पड्किएर आगलागी भएको छ ।

बेलकोट स्थित विश्वनाथ पुडासैनीको घरमा हुँदा साढे तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ ।


जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी खगेन्द्र खड्काका अनुसार आगलागीमा परी अन्नपात, भाँडाकुँडा, लत्ताकपडा जलेको तर कुनै मानवीय क्षति भने भएको छैन ।

ढुंगा, माटोले बनेको र जस्ताले छाएको घर आगलागीमा परेर घर पूर्णरुपमा जलेको छ । बिदूर नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ