arrow

नजिकका व्यक्तिले पुटिनको हत्या गर्ने दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १६ मंगलबार
putin-ukraine-annex.jpg

काठमाडौं ।  रुसी राष्ट्रपति  भ्लादिमिर पुटिनलाई उनका नजिकका व्यक्तिहरूले एक दिन मारिने युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् ।  रुस–युक्रेन युद्धमा बनेको डकुमेन्ट्री  ‘इयर’मा जेलेन्स्कीले यस्तो बताएका छन् ।

जेलेन्स्कीले वृत्तचित्रमा भनेका छन्- त्यो दिन टाढा छैन जब पुटिनका नजिकका व्यक्तिहरूले उनको विरुद्धमा काम गर्न थाल्नेछन्। रुसमा उनको विरुद्ध आवाज उठ्नेछ। तब पुटिनको नजिकको व्यक्तिले उनलाई मार्नेछ। । तर यो दिन कहिले आउला ? यसबारे म केही भन्न सक्दिन।'

रुस र युक्रेनबीच गत वर्ष फेब्रुअरी २४ मा युद्ध सुरु भएको थियो । दुवै देशले आ-आफ्नो जितको दाबी गरिरहेका छन् । जेलेन्स्कीलाई सहयोगको आश्वासन दिन हालै अमेरिकी राष्ट्रपति जो बाइडेन आफैँ कीभ पुगेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ