arrow

सशस्त्रले आईजीपीका सम्भावित डीआईजीलाई खटायो महत्वपूर्ण बाहिनीमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १६ मंगलबार
apf-armed-police-force-logo.jpg

काठमाडौं । सशस्त्र प्रहरीले आगामी दिनमा संगठनको नेतृत्व गर्ने सम्भावना भएका डीआईजीहरुलाई महत्वपूर्ण बाहिनीमा पठाएको छ । गृह मन्त्रालयले सोमबार सशस्त्र प्रहरी बलका ११ डीआईजी र ११ एसएसपीको सरुवा तथा चार डीआईजीको पदस्थापन गर्दा आगामी नेतृत्वमा रहने डीआईजीहरुलाई ध्यान दिएको हो । 

सरुवामा सशस्त्र प्रहरीका आठवटै बाहिनीका प्रमुख फेरिएका छन् । बराह बाहिनी सुनसरीमा डीआईजी अञ्जनीकुमार पोखरेल, छिन्नमस्ता बाहिनी महोत्तरीमा दीपेन्द्र शाह, पशुपतिनाथ बाहिनी, काठमाडौंमा पुरुषोत्तम थापालाई जिम्मेवारी दिइएको छ । 

त्यस्तै गढीमाई बाहिनी मकवानपुरमा लक्ष्मणबहादुर सिंह, मुक्तिनाथ बाहिनी कास्कीमा कालीदास धौवजी, विन्ध्यवासिनी बाहिनी लुम्बिनीमा विदूर खड्का, महेश्वरी बाहिनी सुर्खेतमा प्रदीपकुमार पाल र वैद्यनाथ बाहिनी कैलालीमा कुमार न्यौपानको सरुवा भएको छ । 

जसमध्ये पोखरेल र शाह आगामी दिनमा संगठनको नेतृत्वका लागि प्रतिस्पर्धी हुन् । उनीहरुमध्ये सिनियर रहेका सुरेश श्रेष्ठ नेपालमा नभएकाले उनलाई जिम्मेवारी दिइएको छैन । 

हाल बढुवामा एक नम्बरमा रहेका श्रेष्ठ यूएन मिसनमा रहेका छन् । आगामी दिनमा श्रेष्ठ, पोखरेल र शाहबीच आईजीपीका लागि प्रतिस्पर्धा हुने हो । 

तीन नै जना काविल अफिसर मानिन्छन् । पोखरेल कुरिनटार तालिमकेन्द्रमा थिए भने साह ककनी तालिम केन्द्रमा थिए । त्यसैगरी श्रेष्ठ मिशनमै थिए । हालका एआईजीहरु नारायणदत्त पौडेल, वंशी दाहाल र डीआईजी गणेश ठाडा मगर आईजीपी भएपछि श्रेष्ठ, पोखरेल र शाहको पालो आउने छ । ‘अहिलेको सरुवा हेर्दा आगामी दिनमा संगठनको नेतृत्वमा जानेसक्ने डीआईजीहरुलाई जिम्मेवारीमा पठाएको देखिन्छ’, सशस्त्र प्रहरी बल मूख्यालयले भन्यो । 

सशस्त्र प्रहरी बलले सोमबार नै ११ जना एसएसपीको पनि सरुवा भएको छ । जसअनुसार दीपक अधिकारीलाई लामापाटन तालिम केन्द्र, मनिष थापालाई कुरिनटार तालिम केन्द्र तथा कृष्ण ढकाललाई ककनी तालिम केन्द्रमा पठाइएको छ । अवधि पुगेका र रिक्त भएका स्थानमा नियमित सरुवा गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ