arrow

भ्रष्टाचारी ठहरिए कांग्रेस सांसद गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १६ मंगलबार
tek-bahadur-gurung-manag-mp-2079-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौं । विशेष अदालतले नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई भ्रष्टाचारी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले मनाङबाट प्रतिनिधि सभामा निर्वाचित भएका गुरुङसहित नौं जनालाई दोषी ठहर गरेको हो ।

राजधानीको भृकुटीमण्डपस्थित फनपार्क सञ्चालन गर्न सस्तो भाडामा दिएर भ्रष्टाचार गरेको अभियोगमा अदालतले उनीसहित नौ जनालाई दोषी ठहर गरेको हो ।अदालतको फैसलामा पूर्वमन्त्री बद्री न्यौपाने समेतलाई दोषी ठहर गरिएको छ । 

दोषी ठहर गरिएकाहरुको सजाय भने नौ दिनपछि हुने भएको छ । अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार दोषी ठहर गरिएकाहरुलाई आगामी फागुन २५ गते सजाय तोकिने भएको हो । 

चार वर्षअघि अर्थात् २०७५ साल माघ २१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ जनाविरुद्ध मुद्दा दायर गरेकामा ५ जनालाई सफाई, ९ जनालाई दोषी ठहर गरेको हो । 

दोषी ठहर भएका अन्यमा बद्रीप्रसाद न्यौपाने (तत्कालीन महिला बालबालिका तथा समाज कल्याणमन्त्री तथा समाज कल्याण परिषद् अध्यक्ष), प्रमोद मेहता (समाज कल्याण परिषद्‌का तत्कालीन उपाध्यक्ष), कुञ्जबिहारीप्रसाद चौधरी (तत्कालीन कोषाध्यक्ष), रवीन्द्रकुमार यादव (तत्कालीन सदस्य सचिव), मोहनराज शर्मा ( तत्कालीन सदस्य), मदनकुमार लाल कर्ण (तत्कालीन सदस्य), टेकबहादुर गुरुङ (मेला सञ्चालक, भृकुटी मण्डप फनपार्क) र रवीन्द्र गुरुङ (फनपार्क प्रमुख सञ्चालक) रहेका छन् । 



नयाँ