arrow

रास्वपा पनि गयो प्रदेश मोडलमा, तोक्यो सातै प्रदेशका सभापति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १६ मंगलबार
rsp-party-rastriya-swatantra -party.jpg
तस्बिर – फाइल ।

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सातै प्रदेशमा प्रदेश समितिहरू गठन गरी जिम्मेवारी तोकेको छ । जसअनुसार प्रदेश १ समितिमा राजेश तिम्सिना, मधेश प्रदेशको सभापतिमा तपेश्वर यादव, बागमती प्रदेशको सभापतिमा अचुतम लामिछाने रहने गरी जिम्मेवारी तोकेको हो । 

यसैगरी गण्डकी प्रदेशको सभापतिमा राजन गौतम, लुम्बिनीको सभापतिमा देवराज पाठक, कर्णालीको सभापतिमा धिरजबहादुर वली र सुदूरपश्चिम प्रदेशमा सभापतिमा प्रकाश विष्ट चयन गरी जिम्मेवारी तोकेको हो ।

रास्वपा प्रदेश मोडलमा जान चाहँदैन । उसले गत मंसिर ४ को निर्वाचनमा कुनै पनि प्रदेश उम्मेदवार उठाएन । तर अहिले पार्टी विस्तार भने सोही मोडलमा गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ