arrow

रास्वपाले सातै प्रदेशमा गर्‍यो समिति गठन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १७ बुधबार
rsp-party-rastriya-swatantra -party.jpg

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशमा प्रदेश समिति गठन गरेको छ । समिति गठनसँगै जम्मेवारीसमेत तोकेको छ ।

प्रदेश नं १ समितिको सभापतिमा राजेश तिम्सिना, मधेस प्रदेशको सभापतिमा तपेश्वर यादव र बागमती प्रदेशको सभापतिमा अचुतम लामिछानेलाई जिम्मेवारी दिइएको  छ ।

यसैगरी गण्डकी प्रदेशको सभापतिमा राजन गौतम, लुम्बिनीको सभापतिमा देवराज पाठक, कर्णालीको सभापतिमा धिरजबहादुर वली र सुदूरपश्चिम प्रदेशको सभापतिमा प्रकाश विष्टलाई जिम्मेवारी तोकिएको सो पार्टीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ