arrow

सिप्रदीले ल्यायो एक्साइडको नयाँ विद्युतीय रिक्सा ब्याट्री

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १७ बुधबार
sipradi-exide-battery.jpg

काठमडौं । सिप्रदी ट्रेडिङ्ग प्रालीले एक्साइड ब्राण्डको विद्युतीय रिक्सामा प्रयोग हुने नयाँ ई–रिक्सा ब्याट्रीको नेपाली बजारमा बिक्री वितरण शुरु गरेको छ । एक्साइड ब्राण्डको ई–रिक्सा ब्याट्री नेपालको एक मात्र १५ महिना लामो वारेन्टी भएको ब्याट्री हो ।

विश्व प्रसिद्ध एक्साइड ब्राण्डको ई–रिक्सा ब्याट्रीहरु फ्याक्ट्रीबाट पहिले नै चार्ज हुने भएकाले सिधा जडान गर्न सकिने सिप्रदीले जनाएको छ । साथै विशेष अलोई प्रणाली भएका यी ब्याट्रीहरुले छिटो चार्ज हुनुका साथै प्रशोधित पानीको पनि कम खपत गर्ने दाबी गरिएको छ ।  

यसैगरी यिनीहरुमा ‘रगेड ट्युवलर पोजिटिभ प्लेट’ को विशेषता भएकोले यसले विद्युतीय रिक्साको भार तान्न सक्ने क्षमतामा अधिकतम वृद्धि गर्ने कम्पनीले जनाएको छ । 

आफ्नो उत्कृष्ट रसायनिक एवं अन्य गुणहरुको कारण यो नयाँ उत्पादनले छोटो समयमै ग्राहकहरुको मन जित्नेमा ढुक्क रहेको सिप्रदीले जनाएको छ ।    

कम्पनीका अनुसार ग्राहकले कुनै पनि पुरानो ब्याट्री साटेर नयाँ एक्साइड ब्याट्री प्राप्त गर्न सक्नेछन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ