arrow

पर्यटन क्षेत्रको विकासका लागि सरकारले विभिन्न योजना तयार पारिरहेको छ: पर्यटन मन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १८ बिहिबार
sudan-kirati(1).jpg

नेपालगञ्ज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले देशको आर्थिक विकास र समृद्धिका लागि पर्यटन क्षेत्रको विकास अपरिहार्य भएको बताएका छन् ।

नेपालगञ्ज विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री किराँतीले पर्यटन क्षेत्रको विकासका लागि सरकारले विभिन्न योजना र कार्यक्रम तयार पारिरहेको बताए ।

उनले जनताले प्रत्यक्ष महसुस गर्ने गरी काम गर्न वायु सेवा निगमलाई निर्देशन दिइसकेले सय दिनभित्र त्यसको परिमाण देखिने बताएका छन् । उनले काम नगर्ने कर्मचारी र वायु सेवा कम्पनीलाई सय दिनभित्र सुध्रने समय दिएको उल्लेख गरे ।

हवाई यातायातको सुरक्षाको सवाल मानव जीवनसँगै पर्यटनको विकाससँग पनि जोडिएकोले सरकार यस विषयमा गम्भीर रहेको मन्त्रीको किराँतीको भनाई थियो । उनले हवाई सुरक्षाका लागि आवश्यक प्राविधिक जाँचदेखि उपकरणको जाँच र फेरबदलसम्मका सम्पूर्ण विषयमा कडाई गर्न सम्बन्धित सबैलाई निर्देशन जारी गरिसकिएको जानकारी दिए ।

यसैबीच मन्त्री किराँतीले आजै नेपालगञ्ज विमानस्थलको निरीक्षण तथा अनुगमन गरी स्तरोन्नतिको कामको प्रगतिबारे जानकारी लिएका छन् । उनले निर्माणाधीन टर्मिनल भवनको निरीक्षण गरे ।

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न तयार पारिएको गुरुयोजना अनुसार निर्माण सुरु गरिएको सो टर्मिनल भवन करिब ८ हजार वर्गफिटमा तयार गरिनेछ ।

टर्मिनल भवनलाई आधुनिक मापदण्ड अनुसार भन्सार, क्वारेन्टाइन र अध्यागमनसहित आन्तरिक र अन्तर्राष्ट्रिय दुवै किसिमका हवाई उडानका लागि निर्माण गरिनेछ ।

करिब ५० वर्ष पुरानो सो टर्मिनल भवनबाट दैनिक ५० देखि ६० वटा उडान हुँदै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ