arrow

जीप्रका रसुवाले के-के गर्‍यो ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २१ आइतबार
Rasuwa-hamrakura.jpeg

रसुवा । जिल्ला प्रशासन कार्यालय रसुवाले आफूले सम्पादन गरेको कामका बारेमा सेवाग्राहीलाई जानकारी दिन थालेको छ । यस अन्तर्गत कार्यालयले चालू आवको साउनदेखि यही फागुन १९ सम्मको विवरण सार्वजनिक गरेको छ ।

सो अवधिमा कार्यालयले एक हजार १८  नेपाली नागरिकता, दुई हजार ४३ राहदानी तथा  आठ सय ६३ नागरिकताको प्रतिलिपि प्रदान गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी दयाराम पौडेलले  स्थानीय प्रशासनले किनारा लगाउने मुद्दाअन्तर्गत अभद्र व्यवहारमा परेको  ४९ मुद्दामध्ये १० फैसला भई ३९ फछ्र्यौट प्रक्रियाका रहेको जानकारी दिए ।

उनले विकास निर्माणमा सहजीकरण, जलविद्युत् आयोजनाको सुरक्षा व्यवस्था, राजमार्ग नियमित सुचारुको अनुगमनलगायत कार्य गर्दै आएको बताए । प्रजिअ प्रकाशचन्द्र अधिकारीले सेवा प्रदायक निकायसँग गुनासो भए तत्काल सूचना दिई सहयोग गर्न सेवाग्राहीसंग आग्रह गरे ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ