arrow

बढ्यो सुनचाँदीको भाउ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २१ आइतबार
gold-final-news.jpg

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आइतबार तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

यसअघि, शुक्रबार छापावाल सुन तोलाको १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २ हजार रुपैयाँ निर्धारण भएको थियो ।

यता, आइतबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १२ सय ७५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ १२ सय ६५ रुपैयाँ कायम रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ