arrow

अवैधलाई बस्नै नदिने बेलायतको नयाँ कानून

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २१ आइतबार
rishi-sunak-uk-british.jpg

काठमाडौं। बेलायतका प्रधानमन्त्री ऋषि सुनकले साना डुङ्गाहरूमार्फत अवैध तरिकाले बेलायत प्रवेश गर्ने मानिसहरूलाई शरणको दाबी गर्नबाट रोक्ने नयाँ कानून घोषणा गर्ने भएका छन् ।

यो नयाँ कानूनको विषयमा बोल्दै सुनकले भनेका छन्, 'कुनै गल्ती नगर्नुहोस्, यदि तपाईं अवैध रूपमा यहाँ आउनु भयो भने, तपाईं बस्न सक्नुहुन्न।'

बेलायती प्रधानमन्त्री सुनक र उनका गृहमन्त्रालयले गैरकानुनी आप्रवासनलाई सम्बोधन गर्न सरकारको अभियानको एक भागका रूपमा यसै साता कानूनको सार्वजनिक गर्ने बताइएको छ।

अस्थायी रूपमा अवैध आप्रवासन विधेयक भनिएको या कानूनले साना डुङ्गाहरूमा बेलायत जानेहरूले गर्ने शरण माग्न नपाउने अवस्था बनाउनेछ।

यस कानूनले अवैध तरिकाले बेलायत पस्ने जो सुकैलाई जति सक्दो चाँडो वा तुरुन्तै रुवान्डा जस्तो सुरक्षित तेस्रो मुलक पठाउन बाध्य पार्नेछ। यसका साथै यो कानूनले डुङ्गामा बेलायत जानेहरुलाई शरण दिनसमेत रोक लगाउने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ