arrow

एनआईसी एसियाले १४.७५ प्रतिशत लाभांश दिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २२ सोमबार
nic-asia-bittia-sanstha.jpg

काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले १४.७५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

आइतबार साँझ बसेको संस्थाको सञ्चालक समितिको १६८ औं बैठकले संस्थाका शेयरधनीलाई आर्थिक वर्ष २०७८–७९ को संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब, ७३ करोड, ९४ लाख,४० हजारको १४.७५ प्रतिशत अर्थात २५ करोड, ६५ लाख, ७६ हजार ४०० रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनसहित) नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भइ वित्तीय संस्थाको आमा पाँचौं वार्षिक साधारण सभाबाट पारित भएपछि लागू हुने गरी वितरण गर्ने निर्णय भएको प्रमुख सूचना अधिकारी अर्जुन श्रेष्ठले प्रेस विज्ञप्ति जारी गरी जनाएका छन् । 

विज्ञप्तिमा संस्था स्थापना भएको पाँच वर्ष पूरा गरेसँगै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको दाबीसमेत गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ