'नेपालका बैंक तथा वित्तीय संस्थाहरु जोखिम बहन गर्न सक्छन्' [विज्ञप्ति]
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २५ शुक्रबार
625
Shares
काठमाडौँ । नेपालका बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित चार संस्थाले नेपालका बैंक तथा वित्तीय संस्थाहरु जोखिम बहन गर्न सक्षम भएको दाबी गरेका छन् ।
सामाजिक संजालमा गलत तथा भ्रामक टिप्पणीहरुमा कुनै धायन नदिन र सम्बन्धित सरोकार निकायहरुले सम्प्रेषण गरेको सूचना–समाचारलाई मात्र आधिकारिक रुपमा लिन आग्रह गर्दै उनीहरुले उक्त भनाइलाई स्पष्ट पारेका हुन् ।
प्रेस विज्ञप्ति जारी गरी सामाजिक संजालको हल्लाको पछि नलाग्न आग्रह गर्ने संस्थाहरुमा नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघ रहेका छन् ।
उनीहरुले आम सर्वसाधारणलाई त्रसित पार्ने, समाज खल्बलाउने, गलत र आपत्तिजनक अभिव्यक्ति दिने र ग्राहकलाई बैंकिङ सेवा प्रयोग गर्ने अधिकारबाट वञ्चित गराउनेहरुलाई कानूनको दायरामा ल्याई आवश्यक कारबाही गर्नसमेत सरकारी निकायहरुलाई आग्रह गरेका छन् ।