arrow

'ताइवान चीनको मुख्य हितको मूल कुरा हो, रातो रेखा पार नगर्नु'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २३ मंगलबार
Qin-Gang-chinese-foreign-minister.jpg

काठमाडौं। चीनको विदेशमन्त्रीको पदभार ग्रहण गरेपछि आफ्नो पहिलो प्रमुख टिप्पणीका रुपमा चिन काङले संसदीय वार्षिक सत्रको साइडलाइनमा बोल्दै ताइवान 'पहिलो रेड लाइन' हो भन्दै अमेरिकाले चीन-अमेरिकी सम्बन्धमा यसलाई पार गर्नबाट अलग रहनुपर्ने बताएका छन् । 

उनले अमेरिकी अधिकारीहरूले ताइवानलाई चीनको आन्तरिक मामिला भनेर अस्वीकार गर्नु बेतुका भएको टिप्पणीसमेत गरेका छन् । 'ताइवान प्रश्न चीनको मुख्य हितको मूल हो, चीन-अमेरिकी सम्बन्धको राजनीतिक आधार र पहिलो रातो रेखा हो जुन चीन–अमेरिकी सम्बन्धमा पार हुनु हुँदैन,' उनले भने ।

काङले  'ताइवान प्रश्न' को लागी वाशिंगटनलाई दोष दिएका छन्। 'ताइवान प्रश्न उब्जिनुमा संयुक्त राज्य अमेरिका स्पष्ट रुपमा जिम्मेवारी छ,' उनले भनेका छन् ।

उनले बेइजिङले तथाकथित दुई चीनको शान्तिपूर्ण पुनर्मिलनका लागि काम गरिरहने बताए। काङले चीनले सबै आवश्यक कदम चाल्ने अधिकार सुरक्षित राखेको बताएका छन् ।

'राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न चिनियाँ सरकार र जनताको दृढ इच्छाशक्ति र ठूलो क्षमतालाई कसैले पनि कम आँकलन गर्नु हुँदैन,' उनले अघि भनेका छन् । पछिल्लो समय चीन र अमेरिकाबीचको तनाव झनैं बढ्दै गएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ