'ताइवान चीनको मुख्य हितको मूल कुरा हो, रातो रेखा पार नगर्नु'
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २३ मंगलबार
945
Shares
काठमाडौं। चीनको विदेशमन्त्रीको पदभार ग्रहण गरेपछि आफ्नो पहिलो प्रमुख टिप्पणीका रुपमा चिन काङले संसदीय वार्षिक सत्रको साइडलाइनमा बोल्दै ताइवान 'पहिलो रेड लाइन' हो भन्दै अमेरिकाले चीन-अमेरिकी सम्बन्धमा यसलाई पार गर्नबाट अलग रहनुपर्ने बताएका छन् ।
उनले अमेरिकी अधिकारीहरूले ताइवानलाई चीनको आन्तरिक मामिला भनेर अस्वीकार गर्नु बेतुका भएको टिप्पणीसमेत गरेका छन् । 'ताइवान प्रश्न चीनको मुख्य हितको मूल हो, चीन-अमेरिकी सम्बन्धको राजनीतिक आधार र पहिलो रातो रेखा हो जुन चीन–अमेरिकी सम्बन्धमा पार हुनु हुँदैन,' उनले भने ।
काङले 'ताइवान प्रश्न' को लागी वाशिंगटनलाई दोष दिएका छन्। 'ताइवान प्रश्न उब्जिनुमा संयुक्त राज्य अमेरिका स्पष्ट रुपमा जिम्मेवारी छ,' उनले भनेका छन् ।
उनले बेइजिङले तथाकथित दुई चीनको शान्तिपूर्ण पुनर्मिलनका लागि काम गरिरहने बताए। काङले चीनले सबै आवश्यक कदम चाल्ने अधिकार सुरक्षित राखेको बताएका छन् ।
'राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न चिनियाँ सरकार र जनताको दृढ इच्छाशक्ति र ठूलो क्षमतालाई कसैले पनि कम आँकलन गर्नु हुँदैन,' उनले अघि भनेका छन् । पछिल्लो समय चीन र अमेरिकाबीचको तनाव झनैं बढ्दै गएको छ।