arrow

कहाँ कसरी मनाइन्छ महिला दिवस ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २४ बुधबार
inernational-womens-day-cartoon.jpeg
तस्बिर – फाइल ।

काठमाडौं, २४ फागुन । आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । संयुक्त राष्ट्र संघबाट ‘डिजिटल, इनोभेसन एन्ड टेक्नोलोजी फर जेन्डर इक्वालिटी’ नारा तय भएको छ । नेपालमा भने ‘लैङ्गिक समानताका लागि बलियो आधार, सिर्जनात्मक प्रबिधिमा महिलाको पहुँच’’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । 

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायालयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा भागीदारी हुने, सम्मानजक श्रम र श्रम मूल्यमा समानता कायम हुनुपर्ने एजेन्डासहित हरेक वर्ष संसारभर विभिन्न कार्यक्रम गरेर मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ । 

नेपालमा जस्तै विश्वभरका धेरैजसो देशले यस दिन सार्वजनिक बिदा दिने गरेका छन् । कतिपय देशले भने नारी दिवस फरक ढ‌गले मनाउने गरेका छन्, जसको आफ्नै मौलिकता झल्किन्छ । 

रुसमा यस दिवसको अघिल्लो दिनदेखि पछिल्ला दिनहरुमा फूलको व्यापार अन्य दिनभन्दा दोब्बर हुन्छ। मानौं, भ्यालेन्टाइन डेलाई झल्को दिनेगरी फूल एक अर्कालाई दिएर नारी दिवस मनाइन्छ ।

इटालीमा भने यो दिन पहेँलो रङको फूल एकअर्कालाई दिएर मनाइन्छ। यो परम्परा दोस्रो विश्व युद्धपछि रोमबाट थालिएको ठानिन्छ । अमेरिकामा मार्च ८ लाई मात्र होइन, मार्चभर नै महिलाको ऐतिहासिक महिना मानिन्छ । 

चीनमा भने नेपालमा जस्तै मार्च ८ मा महिलाहरूलाई आधा दिन बिदा दिइन्छ । तर धेरै रोजगारदाताले आफ्ना महिला कर्मचारीलाई आधा दिन बिदा दिँदैनन्। चीनमा भने पछिल्लो समय रोजगारदाता कम्पनीहरुलाई राज्यले क्रमशः बिदा दिन बाध्य गराउँदै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ