arrow

आज चन्द्रागिरीले सय महिलालाई दुई सयमै केबलकारको टिकट दिँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २४ बुधबार
chandragiri-hills-mandir.jpg
तस्बिर – फाइल ।

काठमाडौं । चन्द्रागिरी केबलकार प्रालिले आज एक सय जना महिला यात्रुलाई दुई सय रुपैयाँमै केबलकारको टिकट उपलब्ध गराउने भएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी कम्पनीले यस्तो घोषणा गरेको हो ।

कम्पनीका अनुसार सर्वप्रथम टिकट लिने एक सय जना महिलाले यो अफर पाउने छन् । महिला दिवसको अवसर पारी विभिन्न व्यावसायिक संघसंस्थाले यस्तो छुट अफर ल्याउने गरेका छन् ।

सरकारले सार्वजनिक बिदा लिएकाले पनि आजको दिन घुमघामका लािग उत्तम मानिएको छ । मौसममा अचानक आएको परिवर्तनप्रति भने सजग हुनुपर्ने देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ