व्यापक विरोधपछि जर्जियाले ‘विदेशी एजेन्ट’ कानून फिर्ता लियो
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २५ बिहिबार
538
Shares
काठमाडौं। जर्जियाको सत्तारुढ दलले राजधानीमा भएको केही दिनको विरोध प्रदर्शनपछि मिडिया स्वतन्त्रता र नागरिक समाजलाई सम्भावित रूपमा कुण्ठित गर्ने भनेर आलोचना गरिएको कानूनको मस्यौदा संसदबाट फिर्ता लिने घोषणा गरेको छ।
जर्जियन ड्रिम पार्टीले बिहीबार समाजमा टकराव कम गर्ने आवश्यकतालाई जोड दिँदै एक विज्ञप्ति जारी गरेर लेखेको छ, 'हामीले समर्थन गरेको विधेयक कुनै पनि आरक्षण बिना शर्त फिर्ता लिन्छौं ।'
यो विधेयकले विदेशबाट २० प्रतिशतभन्दा बढी रकम प्राप्त गर्ने जर्जियाली संस्थाहरूलाई 'विदेशी एजेन्टहरू' को रूपमा दर्ता गर्न वा जरिवानाको सामना गर्नुपर्ने स्थिति सिर्जना गर्छ ।
जर्जियन ड्रिम पार्टीले पहिले देशको सबैभन्दा शक्तिशाली संस्थाहरूमध्ये एक जर्जियन अर्थोडक्स चर्चका आलोचकहरुको वास्तविक चरित्र बाहिर ल्याउन कानून आवश्यक रहेको भनेको थियो।
विधेयकको विरोधमा रहेकी जर्जियाकी राष्ट्रपति सलोमे जोउराबिचभिली यसलाई भिटो गर्ने भनेकी थिइन् । यो विधेयकलाई असहमतिलाई दबाउन प्रयोग गरिएको भनिने २०१२ को रूसी कानूनसँग तुलना गरिएको छ।
तथापि, जर्जियाली सरकारले यो कानुन सन् १९३० को दशकदेखि रहेको अमेरिकी विदेशी एजेन्ट कानूनमा आधारित रहेको बताएको छ।
युरोपेली अधिकारीहरूले यो कानूनको निन्दा गरेपछि विधेयकले युरोपेली संघमा जर्जियाको समर्थकहरूलाई आक्रोशित बनाएको थियो भने, उनीहरुले ईयूमा सामेल हुने जर्जियाको बाटो जटिल हुने भनेका थिए ।
गत वर्ष ईयूले राजनैतिक र न्यायिक सुधारहरूलाई कारण देखाउँदै मोल्डोभा र युक्रेनसँगै जर्जियालाई पनि आफूमा सामेल हुन पाउने उम्मेदवारको स्थिति दिन अस्वीकार गरेको थियो ।
जर्जिया पार्टीका विपक्षी काखाबेर केमोक्लिडजेले यो विधेयक फिर्ता हुनु जर्जियाली जनताको जित भएको भनेका छन् । जर्जियाको संसदले मंगलबार यो विधेयकको प्रारम्भिक स्वीकृति दिएको थियो । तर दशौं हजार प्रदर्शनकारीहरूले बुधबार संसद बाहिर भेला हुँदै विरोध प्रदर्शन गरेका थिए ।