arrow

गाउँ रित्तिए, बजार भरिए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २६ शुक्रबार
burtiwang-baglung.jpg

बागलुङ । एक दशक अगाडिसम्म बागलुङमा धेरै बजार थिएनन् । अधिकांश गाउँमै बस्ने, पशुपालन र कृषि गरेर जीवन निर्वाह गर्थे । उनीहरूमा बजारमोह त्यत्ति थिएन । बजार साना थिए । अहिलेका जस्ता ठूला–ठूला पक्की घर थिएनन् । बजारमा पनि माटो, ढुङ्गा र काठले बनेका घर बढी थिए ।

स्थानीय तह बनेसँगै गाउँ–गाउँमा मोटरबाटो पुग्न थाल्यो । साना बजार ठूला सहरमा परिणत हुँदै गए । बागलुङ, गलकोट र बुर्तिबाङलाई मुख्य बजारका रूपमा लिइन्थ्यो । पछिल्लो समय बुर्तिबाङ र गलकोट बजार घरैघरले भरिन थालेको छ । ग्रामीण भेगका बासिन्दा सेवा सुविधा खोज्दै तराइ तथा सहरमा बसाइँसराइ गर्ने चलन ह्वात्तै बढेको छ । अहिले दिनप्रतिदिन गाउँ छाडेर बजार झर्नेको लर्को लाग्न थालेको छ । गाउँको कुना कन्दरासम्म सडक पुगे पनि बजारमोह भने उस्तै छ ।

अहिले जिल्लाको निसीखोलाको निसी, कानाबगर, झिवाखोला, जुग्गाखोला, काठेखोलाको भीमगिठे, खार, खौलारा, न्वारा, काठेखोलाको अक्षते, बरेङको बरेङडाँडा, जैमिनीको कुश्मिेरालागयतका ठाउँ बजारमा परिणत हुँदैछन् । गाउँमा विस्तारै विकासले गति लिँदै गए पनि गाउँ छाड्नेहरू रोकिन सकेका छैनन् ।

विगतमा सामान्य विकाससमेत नहुँदा गाउँमै बस्नेहरू अहिले बजार झर्न थालेपछि गाउँ रित्तिँदै छन् भने बजार भरिँदै गएका छन् । जिल्लाको सबैभन्दा दुर्गम मानिने तमानखोलाबाट पछिल्लो समय बसाइँसराइ गर्ने बढेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताए।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ